रवि, छवि र रामबहादुरले बुझाए धरौटी रकम
काठमाडौं : सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशी र रामबहादुर खनालले बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएका छन्।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीजित राईको इजलासले थुनामा रहेका सातै जना प्रतिवादीसँग धरौटी माग गरेको थियो।
रविसँग ६५ लाख, छविसँग ८८ लाख, खनालसँग १५ लाख धरौटी माग गरिएको हो। त्यसलगत्तै रवि, छवि र खनालले बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएका हुन्।
लिला पछाईको हकमा भने भोलिमात्रै हुने बताइएको छ। पछाईसँग अदालतले ३७ लाख धरौटी माग गरेको छ।
त्यसअघि सात जना अभियुक्तमध्ये तीन जना धरौटी बुझाएपछि रिहा भएका छन्।
अदालतको आदेशपछि एमालेकी पूर्वसांसदसमेत रहेकी सञ्चालक समितिकी पूर्वउपाध्यक्ष मीना गुरूङ, पूर्वसदस्य कृष्ण गुरूङ र पूर्वकोषाध्यक्ष आरती गुरूङ धरौटी बुझाएर छुटेका हुन्।
पुष २५, २०८१ बिहीबार २०:३८:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।