रविको 'न्यायिक परीक्षण'को ८४ दिन
काठमाडौं : २०८१ कात्तिक २ मा काठमाडौंमा पक्राउ गरेर कास्की लगिएका रवि लामिछानेलाई ८४ दिनको न्यायिक परीक्षणपछि जिल्ला अदालत कास्कीले ६५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश दियो।
उनी २०८१ कात्तिक २ गते काठमाडौंमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पक्राउ परी सोही दिन स्थलमार्गबाट कास्की लगिएको थियो। उनी विरुद्ध कास्कीसहित पाँच जिल्लामा सहकारी ठगीको आरोप छ। काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको बचतकर्ताहरू रकम ठगीमा अभियोग पत्र दर्ता भइसकेको छ।
पुस १६ बाट शुरु भएको थुनछेक बहस बिहीबार टुंगिएपछि धरौटीमा छाड्न आदेश आएको हो। कुनै ब्यक्ती हिरासतमुक्त हुँदा त्यसले अदालती प्रक्रियामा प्रभाव नपर्ने देखिएमा हाजिर जमानी वा धरौटीमा छाड्न आदेश आउन सक्छ। तर यस्तो आदेश आउनु भनेको निर्दोष ठहरिनु हैन। अन्तिम फैसलापछि मात्रै निर्दोष या दोषी ठहर हुन्छ।
कास्की जिल्ला अदालतको आदेशमा धरौटी बुझाएर उनी मुक्त भए पनि स्वतन्त्र भने हुन सक्ने छैनन्। उनलाई कास्की प्रहरीले काठमाडौं प्रहरीलाई बुझाउने छ। चितवनको सहारा, बुटवलको सुप्रिम सहकारी र पर्साको सानो पाइला सहकारीको बचत ठगीबारे अनुसन्धान जारी नै छ।
उनी पक्राउ परेदेखि धरौटीमा रिहाइको आदेशसम्मको विवरण टाइमलाइनमा।
पुष २५, २०८१ बिहीबार १९:५२:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।