सूर्यदर्शन सहकारी ठगी प्रकरण : एमाले पूर्वसांसद मीना गुरूङसहित तीन जना धरौटी बुझाएर छुटे

सूर्यदर्शन सहकारी ठगी प्रकरण : एमाले पूर्वसांसद मीना गुरूङसहित तीन जना धरौटी बुझाएर छुटे

काठमाडौं : सूर्यदर्शन सहकारीको रकम अपचलनको मुद्दामा सात जना अभियुक्तमध्ये तीन जना धरौटी बुझाएपछि रिहा भएका छन्।

अदालतको आदेशपछि एमालेकी पूर्वसांसदसमेत रहेकी सञ्चालक समितिकी पूर्वउपाध्यक्ष मीना गुरूङ, पूर्वसदस्य कृष्ण गुरूङ र पूर्वकोषाध्यक्ष आरती गुरूङ धरौटी बुझाएर छुटेका हुन्।

जिल्ला न्यायाधीश नीतिज राईको इजलासले बिहीबार आरती गुरूङलाई ५ लाख, मीना गुरूङलाई ५ लाख, कृष्णबहादुर गुरूङलाई १ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो।

त्यसैगरी अदालतले पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई ६५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ। तर, उनी तत्काल छुट्ने छैनन्। उनीविरुद्व काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा समेत मुद्दा अघि बढेको हुनाले कास्की प्रहरीले उनलाई धरौटी बुझाएलगत्तै काठमाडौं पठाउने तयारी गरेको छ। 

यसै प्रकरणमा अदालतले पूर्वडिआइजी छविलाल जोशीलाई ८८ लाख, रामबहादुर खनाललाई १५ लाख, लीला पछाइलाई ३७ लाख धरौटी मागेको छ।  

पुष २५, २०८१ बिहीबार १९:४६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।