सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि र छविसहित सातै जना अभियुक्तहरूलाई धरौटीमा छाड्न आदेश

काठमाडौं : कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारीको बचत अपचलनविरूद्ध मुद्दा लागेका सात जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।
जिल्ला न्यायाधीश नितिज राईको इजलासले बिहीबार रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्न आदेश दिएका हुन्।
अदालतले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई ६५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ।
त्यसैगरी पूर्वडिआइजी छविलाल जोशीलाई ८८ लाख, रामबहादुर खनाललाई १५ लाख, लीला पछाइलाई ३७ लाख, आरती गुरूङलाई ५ लाख, मीना गुरूङलाई ५ लाख, कृष्णबहादुर गुरूङलाई १ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो।
पुष २५, २०८१ बिहीबार १८:२६:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।