जय ट्रफी : अर्जुनलाई देखेपछि खेलको बीचमै हरिशंकरले शुरु गरे ‘भ्लग’

जय ट्रफी : अर्जुनलाई देखेपछि खेलको बीचमै हरिशंकरले शुरु गरे ‘भ्लग’

काठमाडौं : जय ट्रफी एलिट कप दुई दिवसीय क्रिकेटमा मधेश प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल जारी छ।

बुधबार मधेश प्रदेश एक सय २९ रन बनाएर अलआउट भएपछि नेपाल पुलिस क्लब ब्याटिङ गरिरहेको छ। ४७ ओभरको खेल सकिँदा चार विकेट गुमाएर पुलिस एक सय ९१ रन बनाएर खेलिरहेको छ।

खेलका क्रममा खेलाडीहरुबी स्लेजिङको क्रम पनि जारी रहेको छ। मधेशका कप्तान तथा विकेटकिपर हरिशंकर शाहले अर्जुन साउदलाई स्लेजिङ गरेका हुन्।

४२औं ओभर सकिएपछिको ब्रेकमा साउदलाई जिस्क्याउँदै शाहले ‘हेल्लो गाइज, मेरो भ्लगमा स्वागत छ। हामीसँग अहिले अर्जुन साउद छन्। आसमानके उचाइमेँ कोहरा हिँ कोहरा।’

यसअघि नेपाल पुलिसका विकेट किपर अर्जुन साउदले विपक्षी टोलीका खेलाडीहरुलाई एकदमै धेरै स्लेजिङ गर्ने गरेका थिए। यो खेल अहिले वीरगञ्जमा भइरहेको छ।

पछिल्ला तीन दिनदेखि तराई क्षेत्रमा हुस्सु र कुहिरो लागिरहेको छ।

पुष २५, २०८१ बिहीबार ०९:३४:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।