भारतको तिरुपति मन्दिरमा भागदौड मच्चिँदा कम्तिमा ६ जनाको मृत्यु

भारतको तिरुपति मन्दिरमा भागदौड मच्चिँदा कम्तिमा ६ जनाको मृत्यु

एजेन्सी : आन्ध्र प्रदेशको तिरुपतिमा बुधबार राति भएको भागदौडमा ६ जनाको मृत्यु भएको छ। मृतक मध्ये एक जनाको सनाखत भएको छ।

तिरुमाला तिरुपति देवस्थानमका अध्यक्ष बीआर नायडूले यो जानकारी दिए।

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले भागदौडमा धेरै भक्तहरूको मृत्युको खबरले स्तब्ध बनेको बताएका छन्।

‘तिरुमाला श्रीवरी बैकुण्ठ गेटमा दर्शनका लागि टोकन लिन ठूलो संख्यामा भक्तजन जम्मा भएका बेला यो दु:खद घटना भएको हो,’ उनले भने, ‘केहीको अवस्था चिन्ताजनक रहेको जानकारी पाएपछि मैले उच्च अधिकारीलाई दर्शन गर्न जानका लागि जानकारी दिएँ।’

तिरुपतिमा धेरै भक्तहरू तिरुमाला पहाडमा अवस्थित भगवान वेंकटेश्वर स्वामी मन्दिरमा वैकुण्ठ द्वार दर्शनको टिकट लिनको लागि दौडिरहेका थिए।

माघ १० गतेदेखि सुरू हुने १० दिने बैकुण्ठ द्वार दर्शनका लागि देशभरबाट हजारौं भक्तजन तिरुपति पुगेका छन्।

पुष २५, २०८१ बिहीबार ०८:०७:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।