गरिबी हटाउन खर्च भएको १९ अर्ब कता हरायो ? (भिडियो रिपोर्ट)

२०७८ जेठमा गरिबी निवारण कोष खारेज  भयो। कोष खारेज भएको तीन वर्षपछि पनि सरकारसँग गरिबी न्यूनीकरणको ठोस कार्ययोजना छैन। कोष खारेज हुँदा २१ प्रतिशत रहेको गरिबी अहिले पनि २० प्रतिशत (करिब ६० लाख जनसंख्या) मा अड्किएको छ।

कोष खारेजीको मुख्य कारण विश्व बैंकको सहयोग रोकिनु र कर्मचारीको भ्रष्टाचार थियो। कोषको १९ अर्ब रुपैयाँको हिसाब किताब अझै स्पष्ट छैन। हाल भूमि व्यवस्था मन्त्रालयले दुई कार्यक्रम सञ्चालन गरेको छ - गरिबसँग विश्वेश्वर कार्यक्रम र गरिब पहिचान कार्ड वितरण। तर न्यून बजेट र कमजोर समन्वयका कारण यी कार्यक्रम प्रभावकारी हुन सकेका छैनन्।

पुष २४, २०८१ बुधबार २१:४५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।