अमेरिकामा बर्ड फ्लूको कारण पहिलो मानव मृत्यु
एजेन्सी : अमेरिकामा बर्ड फ्लूबाट पहिलो मानव मृत्यु रेकर्ड गरिएको लुइसियानाको स्वास्थ्य विभागले जनाएको छ। बिरामी ६५ वर्ष भन्दा माथिको रहेको थियो।
'लुइसियाना स्वास्थ्य विभागले रिपोर्ट गरेको छ कि लुइसियानामा उच्च रोगजनक एभियन इन्फ्लुएन्जा (एचपिएआइ) को पहिलो मानव केसको साथ अस्पतालमा भर्ना भएका बिरामीको मृत्यु भएको छ, लुइसियाना स्वास्थ्य विभागले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ। यो विरामी लुइसियानामा एच५एन१ को एक मात्र मानव केस हो।
चरा, कुखुरा वा गाईहरूसँग काम गर्ने व्यक्तिहरू उच्च जोखिममा रहेका विज्ञप्तिमा उल्लेख भएको छ।
लुइसियानाको स्वास्थ्य विभागले आफू र आफ्नो परिवारलाई एच५एन१ बाट जोगाउने उत्तम उपाय भनेको जोखिमको स्रोतबाट बच्नु हो। यसको अर्थ जङ्गली चराहरू र बर्ड फ्लू भाइरसबाट सङ्क्रमित जनावरहरूसँग प्रत्यक्ष सम्पर्कबाट जोगिनु हो।
यूएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडसिी) का अनुसार अमेरिकामा बर्ड फ्लुका कूल ६६ मानव केसहरू रिपोर्ट गरिएको छ।
अमेरिकामा बर्डफ्लुका बिरामी देखिएका दश राज्यमा क्यालिफोर्निया, कोलोराडो, आयोवा, लुइसियाना, मिशिगन, ओरेगन, मिसौरी, वाशिङटन, विस्कन्सिन र टेक्सास रहेका छन्।
लुइसियानामा रिपोर्ट गरिएको केस अमेरिकामा एच५एन१ बर्ड फ्लूको पहिलो केस थियो।
पुष २४, २०८१ बुधबार २१:३७:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।