दुई दिनदेखि बाक्लो हुस्सुको कारण सिमरा विमानस्थलको उडान प्रभावित

दुई दिनदेखि बाक्लो हुस्सुको कारण सिमरा विमानस्थलको उडान प्रभावित

रौतहट : बाक्लो हुस्सुको कारण दुई दिनदेखि बाराको सिमरा विमानस्थलबाट हुने नियमित उडानहरू प्रभावित भएको छ। 

सिमरा-काठमाडौं उडानको लागि २ हजार ३ सय भन्दा धेरै भिजिबिलिटी आवश्यक पर्छ। तर, भिजिबिलिटी कम हुँदा उडानहरू प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।

सिमरा विमानस्थलका प्रमुख बिष्णु प्रसाद अधिकारीका अनुसार पुसको दोस्रो सातादेखि नियमित उडानहरू प्रभावित भएको बताए।

मौसममा देखिएको खराबीका कारण कारण आज पनि उडान प्रभावित भएको भन्दै उनले यही कारणले पुस र माघको महिनामा तोकिएको समयमा उडान गर्न नसकिने बताए।

सिमरा विमानस्थलबाट काठमाडौंको लागि बुद्ध एयरलाइन्सले दैनिक ७ वटा र यति एयरलाइन्सले २ उडान भर्दै आएका छन्। 

सिमरा विमानस्थलबाट काठमाडौंका लागि दैनिक ८ देखि ९ सम्म उडानहरू हुने गरेका छन्। रौतहटसहित बारा, पर्सा, मकवानपुर, छिमेकी मुलुक भारतबाट दैनिक एक हजारदेखि १५ सय यात्रुहरू त्यस विमानस्थलबाट सिमरा-काठमाडौं आवतजावत गर्ने गर्छन्। 

पुष २४, २०८१ बुधबार २०:०७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।