०८७ मा संविधान संशोधन हुन्छ भन्ने प्रधानमन्त्री ओलीलाई विश्वप्रकाशको जवाफ 'हामी ब्याक गेयर लगाउँदैनौं'

०८७ मा संविधान संशोधन हुन्छ भन्ने प्रधानमन्त्री ओलीलाई विश्वप्रकाशको जवाफ 'हामी ब्याक गेयर लगाउँदैनौं'

काठमाडौं : सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८७ सालमा संविधान संशोधन हुन्छ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमा विमति जनाएका छन्।

झापाको कचनकवलमा बुधबार भएको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले प्रधानमन्त्री ओलीको २०८७ सालमा मात्रै संविधान संशोधन हुन्छ भन्ने भनाइप्रति विमति राखेका हुन्।

त्यसअघि गत मंगलबार राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र पहिलो ठूलो दल भएकाले संविधान शंसोधन अहिले गर्न नसकिने भन्दै ०८७ मात्रै त्यो सम्भव हुने भनेका थिए। 

त्यसको जवाफमा महामन्त्री शर्माले भने, 'यदि उहाँले नेकपा एमालेको बैठक हुँदै गर्दा संविधान संशोधन त २०८७ मा हुन्छ भनेर भन्ने हो भने म विनम्रतापूर्वक उहाँकै जिल्लाबाट गम्भीरतापूर्वक विमति राख्न चाहन्छु।'

उनले कांग्रेस-एमालेको सात बुँदे समझदारी हुँदै गर्दा संविधान संशोधन अहिलेकै आवश्यकता भएको भन्दै सोही जगमा रहेर पुनः मुल्यांकन आवश्यक रहेको बताए। 

'संविधान संशोधन गर्न निश्चय नै राष्ट्रिय सभामा माओवादीको सहभागिता भएन भने दुईतिहाईको गणित पुग्दैन। हामीले संविधान संशोधन गर्नका लागि गणितीय रूपमा पुग्दैन भनेर ब्याक गेयर लगाउने अवस्थामा हामी छैनौं प्रधानमन्त्रीज्यू,’ उनले भने, प्रधानमन्त्रीज्यूले, हाम्रो पार्टीको सभापतिज्यूले हामी दुई मुख्य दलले सरकारमा रहेको बेला हामी मात्रै संविधान संशोधन गरेर जान्छौँ भनेर हामीले घोषणा गरेको होइन?' 

पुष २४, २०८१ बुधबार १८:५६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।