राष्ट्रिय खेलकुद परिषद्मा पर्याप्त मात्रामा इन्जिनियर छैनन् : मन्त्री चौधरी

राष्ट्रिय खेलकुद परिषद्मा पर्याप्त मात्रामा इन्जिनियर छैनन् : मन्त्री चौधरी

काठमाडौं : युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालय अन्तर्गत प्राविधिक इन्जिनियरहरू नरहेको बताएका छन्।

बुधबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले राष्ट्रिय खेलकुद परिषद्मा पनि पर्याप्त मात्रामा धेरै इन्जिनियरहरू नरहेको बताए।

उनले भने, ‘हाम्रो समस्या भनेको हामीसँग खेलकुद मन्त्रालयअन्तर्गत प्राविधिक इन्जिनियरहरू पर्याप्त मात्रामा छैनन्। हाम्रो राष्ट्रिय खेलकुद परिषद्मा समेत इन्जिनियरहरू छैनन्। करारमा लिएर काम सञ्चालन गरिरहेका छौं। करारमा ल्याए पनि इन्जिनियरहरूको ठूलो कमी महसुस भएको छ।’

यसैगरी उनले नेपाली खेलकुद क्षेत्र अगाडि बढिरहेको बताए। नेपाल क्रिकेटले आफ्नो लयलाई अगाडि लाँदै गर्दा आर्थिक आर्जन राम्रोसँग गर्न सकिरहेको उनको दाबी छ। 

उनले भने , ‘खेलकुद अहिले निकै नै अगाडि बढिरहेको छ। जुन किसिमको नेपालमा क्रिकेटले आफ्नो राम्रो लयलाई अगाडि बढाएर आर्थिक आर्जन गरिरहेको छ। यसरी नै खेल क्षेत्रले आर्थिक क्षेत्रमा विकास गर्न सक्छ।’

पुष २४, २०८१ बुधबार १६:२२:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।