‘कार्साङ’को अग्रिम बुकिङ खुला
काठमाडौं : पुस २६ देखि रिलिज हुने चलचित्र ‘कार्साङ’को अग्रिम बुकिङ खुला भएको छ। क्यूएफएक्स चेनलगायत केही मल्टिप्लेक्सले ‘कार्साङ’को अग्रिम टिकट बुकिङ खुला गरेका हुन्।
बुकिङ खुलाएसँगै देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा यो चलचित्रले काठमाडौं उपत्यकाका आउटलेटमा २५ शो पाएको छ। काठमाडौं बाहिरका स्टेशनमा पनि ‘कार्साङ’लाई क्यूएफएक्सले समान २८ शो उपलब्ध गराएको छ।
यसैगरी दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले आफ्ना तीनवटा आउटलेटमा १५ शो दिएको छ। एफ क्युब सिनेमाज र विएसआर मुभिजले सम्मान ६/६ शो उपलब्ध गराएका छन्। बिग मुभिज र वान सिनेमाजमा भने बुकिङ खुला हुन बाँकी छ।
चलचित्र ‘कार्साङ’मा यम शेर्पाको लेखन तथा निर्देशन रहेको छ। ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको निर्देशक शेर्पाले बताएका छन्।
२ घन्टा ५ मिनेटको ’कार्साङ’ले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ।
‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय छ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन्। सह-निर्मातामा गोविन्द बोहरा छन्। आङछिरिङ शेर्पा प्रस्तुतकर्ता हुन्।
पुष २४, २०८१ बुधबार १४:४५:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।