प्रोटोनको इमास सेभेन सवारी नेपाल भित्र्याउने घोषणा

प्रोटोनको इमास सेभेन सवारी नेपाल भित्र्याउने घोषणा

काठमाडौं : मलेसियाको प्रसिद्ध अटोमोबाइल ब्रान्ड प्रोटोनले आफ्नो प्रतिक्षित इमास सेभेन सवारी साधन नेपालमा भित्र्याउने घोषणा गरेको छ।

प्रोटोनको इमास सेभेन सवारी साधनमा पहिलो पटक १२-इन-१ इलेक्ट्रिक ड्राइभ प्रणाली र अत्याधुनिक सर्ट ब्लेड ब्याट्री प्रविधि प्रयोग गरिएको छ।

प्रोटोनले यो अत्याधुनिक ब्याट्री प्रणाली प्रयोग गरी आफ्नो सवारी साधनलाई छिटो एक्सेलेरेशन, लामो दायरा, र उर्जाको उच्च दक्षता प्रदान गर्ने सुनिश्चित गरेको छ।

प्रोटोनको इमास सेभेनमा प्रयोग भएको १२-इन-१ इलेक्ट्रिक ड्राइभ प्रणालीले इन्जिन, इनभर्टर, ट्रान्समिसन, डिफरेन्सियल, र पुनर्जनरेटिभ ब्रेकिङ जस्ता धेरै ड्राइभट्रेन कम्पोनेन्टहरूलाई एउटै युनिटमा एकीकृत गर्छ।

यसले सवारी साधनको तौल र ठाउँको आवश्यकतालाई घटाउँदै दक्षता, ह्यान्डलिङ, र दायरामा सुधार ल्याउँछ। साथै, कम पाट्र्स भएका कारण यो प्रणालीले विश्वसनीयता वृद्धि, उत्पादन तथा मर्मत खर्चमा कमी, र उर्जाको उच्चतम उपयोग सुनिश्चित गर्ने कम्पनीको दाबी छ।

गाडीमा प्रयोग भएको एजीईआईएस सर्ट ब्लेड ब्याट्री एक उन्नत लिथियम-आयन प्रणाली भएकाले सवारी साधनको प्रदर्शन र दक्षतामा सुधार ल्याउँछ। यसमा भएको ब्याट्री १०० किलोवाट डीसी पावरले ३० देखि ८० प्रतिशत हुन मात्र २० मिनेट लगाउँछ।

जगदम्बा मोटर्सले नेपालमा प्रोटोनको इमास सेभेन आधिकारिक वितरण गर्छ। सवारी नेपाल ल्याउने घोषणा गर्न पाउँदा कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले हर्षित भएको बताए।

पुष २४, २०८१ बुधबार ०८:१६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।