कोशीमा हिमाली भेगमा हिमपात हुने, तराईमा हुस्सु र कुहिरो

कोशीमा हिमाली भेगमा हिमपात हुने, तराईमा हुस्सु र कुहिरो

काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ।

बाँकी भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिम तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। 

महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 

हुस्सु-कुहिरो तथा हिमपातका कारण जनजीवनमा पर्नसक्ने असरप्रति सतर्क रहन महाशाखाले आग्रह गरेको छ। 

पुष २४, २०८१ बुधबार ०७:१६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।