भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन गरिँदै

भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन गरिँदै

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएम)ले आज बिहानको भूकम्पको धक्काबाट हालसम्म कुनै पनि मानवीय क्षति नभएको र क्षतिको प्रारम्भिक विवरण सङ्कलन भइरहेको जनाएको छ। 

प्राधिकरणले आज प्रेस विज्ञप्ति जारी भूकम्पका परकम्प निरन्तर आइरहेको र थप परकम्प आउन सक्ने भएकाले सम्भाव्य जोखिमलाई मध्यनजर गरी तयारी अवस्थामा रहन स्थानीय प्रशासन, सुरक्षा निकायलगायतलाई प्राधिकरणले आग्रह गरेको छ। 

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले भूकम्पको केन्द्र नजिकैका उत्तरपूर्वी जिल्लाका केही भवन संरचनामा सामान्य क्षति पुगेको खबर प्राप्त भएको र क्षतिको प्रारम्भिक विवरण सङ्कलन भइरहेको जानकारी दिए।   

पुष २३, २०८१ मंगलबार २१:४८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।