पोखरा मोटो-ईन्डुरो क्रस च्याम्पियनसिपका नाममा ठगी गरेको आरोपमा दुई जना पक्राउ
पोखरा : पोखरा महानगरपालिका वडा नम्बर-२३ स्थित बाम्दीमा संचालित ‘पोखरा मोटो-ईन्डुरो क्रस च्याम्पियनसिप २०२४’को नाममा ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
गएको वर्ष चैत २३ र २४ मा भएको उक्त च्याम्पियनसिपमा प्रथम भएको समूहलाई पुरस्कार बापतको एक लाख ५० हजार रुपैयाँ नदिएको आरोपमा पोखरा राईडर्स क्लबका अध्यक्षसमेत रहेका पोखरा-५ का २९ वर्षीय सोनिक क्षेत्री र अछामको सिउडी गाउँपालिका वडा नम्बर-१ का ३१ वर्षीय जगत डोलीलाई पक्राउ गरिएको हो।
पोखराको लेकसाइडबाट पक्राउ परेका उनीहरुविरुद्ध कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
उनीहरुले उक्त च्याम्पियनसिपमा सहभागी हुन समूह दर्ता शुल्क बापत १७ हजार रुपैयाँ लिएको भए पनि च्याम्पियनलाई दिनुपर्ने एक लाख ५० हजार पूरा नदिएको प्रहरीले जनाएको छ।
पुष २३, २०८१ मंगलबार २१:२८:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।