राष्ट्रिय सभामा माओवादी पहिलो दल रहेको कारण देखाउँदै ओलीले भने 'संविधान संशोधन ०८७ मा मात्रै'
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन ०८७ मा मात्रै हुने बताएका छन्। एमालेको केन्द्रीय कमिटी बैठक समापन गर्दै एमालेका अध्यक्षसमेत रहेका ओलीले तत्काल संविधान संशोधन नहुने बताए।
केन्द्रीय कमिटीको बैठकमा १५५ जना सदस्यले आफ्ना धारणा राखेका थिए।
केन्द्रीय सदस्यलाई जवाफ दिँदै ओलीले भनेका थिए, 'संविधानमा केही त्रुटि छन्, संशोधन गर्नुपर्नेछ। तर ०८७ मा मात्रै हुन्छ।'
ओलीले राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र पहिलो भएको कारण पनि तत्काल संविधान संशोधनको अवस्था नरहेको बताए।
ओलीको भनाई उद्धृत गर्दै एक नेताले भने, 'हामी अहिले पनि संविधान संशोधन गर्न चाहिने दुई तिहाइ जुटाउने पक्षमा छौं। तर, अहिले तपाईंहरूले पनि राष्ट्रिय सभाको संख्या देख्नुभएको छ।'
पुष २३, २०८१ मंगलबार १८:२३:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।