नाबालिग बलात्कारको आरोपमा विद्यालय व्यवस्थापक समितिको अध्यक्ष पक्राउ

काठमाडौँ : नाबालिग बलात्कारको आरोपमा काठमाडौँको एक विद्यालयको व्यवस्थापक समितिको अध्यक्ष तथा एमाले काठमाडौँ जिल्ला कमिटी सदस्य पूर्णमान लामा पक्राउ परेका छन्।
लामाले सोही विद्यालयमा अध्ययनरत नाबालिग विद्यार्थीलाई बलात्कार गरेको उजुरी बौद्ध प्रहरी वृत्त परेपछि प्रहरीले उनलाई पक्राउ गरेको।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता नवराज अधिकारीले लामालाई पक्राउ गरेको जानकारी दिए। उनले यसबारे थप अनुसन्धान अगाडि बढेको बताए।
‘बलात्कार गरेको उजुरी परेपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइसकेका छौँ। अहिले हामी अनुसन्धान गरिरहेका छौँ’ उनले भने।
पुष २३, २०८१ मंगलबार १८:१०:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।