यौन संवादले भरिएको फिल्म ‘दुःखी आत्मा’को टिजर, सन्देश राखियो ‘एडल्ट वन्ली’
काठमाडौँ : यौन स्वस्थ व्यक्तिका लागि नौलो विषय हैन। प्रभाव यसको सदुपयोग र दुरुपयोगमा भर पर्छ। सामाजिक कथामा फिल्म निर्देशन गर्दै आएका दीपेन्द्र लामाको चौथो फिल्म ‘दुःखी आत्मा’ अधवैशेको यौन कथामा केन्द्रित रहेको देखियो।
मङ्गलवार सार्वजनिक भएको फिल्मको टिजरमा दयाहाङ राई र आँचल शर्मालाई केन्द्रीय पात्रको रूपमा प्रस्तुत गरिएको छ।
३ मिनेट १५ सेकेन्ड लामो टिजरमा एक युवतीले अधवैशे युवकलाई जन्मदिनको शुभकामना दिने बहानामा मध्यरात होटेलमा बोलाएर व्यक्त गरिएको यौन चाहनाबाट सुरु गरेर दिया मास्केसँगको असफल यौन सम्बन्धमा लगेर टुङ्ग्याएका छन्।
होटलको भेटमा आँचलको शरिरको अंगबारे गरेको ब्याख्या रोचक सुनिन्छ। खुट्टा कमलको फूलजस्तै मुलायम, कोमल, घुँडा घोप्टो परेको कचौरा जस्तै, थाई एकदम कसिलो बकुल्ला चराको फिला जस्तो, अनि कम्मर साँघुरो, गाग्रीको घाँटी जस्तै।
स्तन देखाउँदै आँचल सोध्छिन् 'अनि यो'। दयाहाङ भन्छन् जुनार जस्तै रसिलो।
-यसलाई के भन्छन् ?
-वक्षस्थल।
लाक्षणिक यौन संवादपछिको दृष्यमा आँचल होटलको खाटमा सुतिरहेकी छिन्। दयाहाङ उनलाई हेरेर लोभिइरहेका छन्।
दयाहाङलाई नपुंसकता (सम्भोगको क्रममा उत्तेजना नहुनु) समस्याबाट पीडित पात्रको रूपमा प्रस्तुत गरेको टिजरमा देखिन्छ। दियासँगको सम्भोगको दृश्यमा एक संवाद राखिएको छ ‘बाँदरको पुच्छर, लौरो न हतियार’
उनकै कथा वरिपरि घुमेको यो टिजरमा दयाहाङ,आँचल शर्मा,दिया मास्के,बुद्धि तामाङ,अनुपविक्रम शाहीलाई प्रस्तुत गरिएको छ। टिजरमा अनुपविक्रमलाई यौनका खेलाडी पात्रको रूपमा प्रस्तुत गरिएको छ। फिल्मको टिजर यौन संवादले भरिएका छन्।
फागुन २ बाट प्रदर्शनमा आउन लागेको यो फिल्मलाई लामाको लेखन तथा निर्देशनमा निर्माण भएको हो। फिल्ममा दयाहाङ,आँचल,दिया र अनुपविक्रमसँगै बुद्धि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक,आशान्त शर्मा, लुनिभा तुलाधर, शिशिर वाङ्देल लगायतको अभिनय रहेको छ।
पुष २३, २०८१ मंगलबार १७:५०:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।