‘पटक-पटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’
काठमाडौं : भूकम्पविद्हरुले पटक-पटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न नमिल्ने बताएका छन्। भूकम्पको भविष्यवाणी गर्न नमिल्ने उनीहरुको भनाइ छ।
खानी तथा भू-गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले पटक-पटक भूकम्प जाँदैमा तत्काल अर्को ठूलो भूकम्पको जोखिम रहन्छ भन्ने नभएको बताए। भूकम्पको भविष्यवाणी गर्न सम्भव नभएको उनको भनाई छ।
आज बिहान चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पको धक्का काठमाडौंसहित मुलुकको पूर्वी भेगमा महसुस भएको अधिकारीले बताए।
'पटक-पटक भूकम्प गइरहेको स्थानमा भूकम्पको शक्ति जम्मा भइरहेको हुन्छ। उक्त ठाउँमा स-साना भूकम्प गइरहेका हुन्छन् भने भविष्यमा ठूलो भूकम्प जान सक्ने सम्भावना हुन्छ। तर अहिलेसम्म भूकम्प जाने भविष्यवाणी भने गर्न सकिएको छैन, उनले भने।
पुष २३, २०८१ मंगलबार १५:३८:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।