१० वर्षपछि टेस्ट वरीयताको तेस्रो स्थानमा झर्‍यो भारत

१० वर्षपछि टेस्ट वरीयताको तेस्रो स्थानमा झर्‍यो भारत

एजेन्सी : अस्ट्रेलिया विरुद्ध भर्खरै सम्पन्न पाँच खेलको टेष्ट शृंखलामा १-३ ले पराजित भएको भारतीय पुरुष टोली आईसीसीको पछिल्लो टेष्ट टिम वरीयतामा तेस्रो स्थानमा झरेको छ।

२०१९-२०२१ र २०२१-२०२३ विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने भारतको १०९ रेटिङ अंक छ। भारत सन् २०१६ यता दोस्रो पटक आईसीसी टेष्ट टिम वरियतामा तेस्रो स्थानमा पुगेको हो।

घरेलु टेष्ट सिरिजको दोस्रो खेलमा पाकिस्तानलाई १० विकेटले पराजित गरेसँगै दक्षिण अफ्रिका ११२ अंकसहित वरीयताको दोस्रो स्थानमा छ।

केप टाउनको न्युल्यान्ड्स स्टेडियममा सोमबार चौथो दिनको खेलमा दक्षिण अफ्रिकाले ७.१ ओभरमा विना विकेट गुमाउँदै ६१ रनको लक्ष्य पूरा गरेको हो। यसअघि दक्षिण अफ्रिकाले पहिलो टेस्ट २ विकेटले जितेको थियो।

अस्ट्रेलिया क्रिकेट टिम टेष्ट वरियतामा शीर्ष स्थानमा यथावत छ। बोर्डर-गावस्कर ट्रफी २०२४/२५ मा भारतीय टोलीलाई पराजित गर्ने अस्ट्रेलियाली टोलीको रेटिङ १२६ छ। यति मात्र होइन, अष्ट्रेलियाको चार हजार ५३१ अंक छ।

सिड्नीमा भएको बोर्डर गावस्कर सिरिजको अन्तिम खेलमा अस्ट्रेलिया ६ विकेटले पराजित भएको थियो। खेल साढे दुई दिन मात्र चलेको थियो। ३ जनवरीबाट सुरू भएको यो खेल ६ जनवरीमा लन्चअघि नै सकिएको थियो।

पुष २३, २०८१ मंगलबार १४:००:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।