बलात्कार मुद्दामा सर्वोच्चबाट आसारामले पाए अन्तरिम जमानत
एजेन्सी : सन् २०१३ मा भएको बलात्कार मुद्दामा सर्वोच्च अदालतले आसारामलाई अन्तरिम जमानत दिएको छ।
सर्वोच्च अदालतले उनको स्वास्थ्यलाई आधार मानेर ३१ मार्चसम्म अन्तरिम जमानत दिइएको समाचार एजेन्सी पीटीआईले जनाएको छ।
अदालतले आसारामलाई जमानतमा जेलबाट बाहिर हुँदा प्रमाणसँग छेडछाड नगर्न निर्देशन दिएको छ। यसबाहेक उनले आफ्ना अनुयायीहरूलाई पनि भेट्न पाउने छैनन्।
सन् २०१३ मा सुरतकी एक महिलाले आसाराम र अन्य सात जनाविरुद्ध बलात्कार र बन्धक बनाएर राखेको भन्दै मुद्दा दायर गरेकी थिइन्।
सुनुवाइका क्रममा एक अभियुक्तको मृत्यु भएको थियो। प्रहरीले सन् २०१४ साउनमा यस मुद्दामा आरोपपत्र दायर गरेको थियो।
आसारामले अहमदाबाद शहरको बाहिरी भागमा रहेको आफ्नो आश्रममा सन् २००१ देखि २००६ बीचमा पीडित महिलालाई धेरै पटक बलात्कार गरेको आरोप छ।
पुष २३, २०८१ मंगलबार १३:४५:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।