युक्रेनी शहर पुन: कब्जा गरेको रुसको दाबी, युक्रेनद्वारा अस्वीकार

युक्रेनी शहर पुन: कब्जा गरेको रुसको दाबी, युक्रेनद्वारा अस्वीकार

एजेन्सी : रुसले पूर्वी युक्रेनको डोनेट्स्क क्षेत्रको कुराखोभो शहर पुन: कब्जा गरेको दाबी गरेको छ।

तर, युक्रेनले रुसको यो दाबीलाई ठाडै अस्वीकार गर्दै खण्डन गरेको छ।

कुराखोभ्यलाई रणनीतिक दृष्टिकोणले रुस-युक्रेन सीमामा महत्वपूर्ण स्थान मानिन्छ।

युक्रेनले आइतबार यस क्षेत्रमा जवाफी हमला गरेको थियो, त्यसयता रुस र युक्रेनका सेनाबीच भीषण युद्ध चलिरहेको छ।

समाचार एजेन्सी रोयटर्सले राखेको एउटा तस्विर सामाजिक सञ्जालमा निकै चर्चामा छ। यो तस्विरमा कुराखोभोमा एक सैनिकले रुसी झण्डा बोकेको देखिन्छ।

यो तस्बिरलाई अन्तर्राष्ट्रिय मिडियाहरूले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेका छैनन्।

युक्रेनी संगठित सैन्य प्रवक्ता भिक्टर ट्रिलियुबोभले सोमबार बिहानसम्म युक्रेनी सेनाले कुर्खोभ्ये भित्र रुसी सेनासँग लडिरहेको बताए।

पुष २३, २०८१ मंगलबार १३:१७:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।