तिब्बतमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ५३ पुग्यो, गइसक्यो १४ वटा परकम्प
एजेन्सी : तिब्बतमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या ५३ पुगेको छ।
स्थानीय समयअनुसार नौ बजेर १९ मिनेटमा ६.८ म्याग्निच्यूडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या ५३ पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
उसका अनुसार भूकम्पमा परी ३८ जना घाइते भएका छन्। भूकम्पका कारण सिगात्से शहरमा ठूलो क्षति भएको छ।
यसका अलावा नेपालको राजधानी काठमाडौंसहित उत्तर भारतमा भूकम्पको धक्का महसुस गरिएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)का अनुसार विहानकाे भूकम्पपछि त्यस क्षेत्रमा अहिलेसम्म १४ वटा परकम्प गइसकेको छ।
पुष २३, २०८१ मंगलबार १२:२९:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।