उड, फर्निचर तथा होम टेक्सटायल प्रदर्शनी हुँदै

उड, फर्निचर तथा होम टेक्सटायल प्रदर्शनी हुँदै

काठमाडौं : नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी २०८१ हुने भएको छ।

मिडिया स्पेस सोलुसन्स प्रालि, फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स र एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया (इटिएसआइपिएल)ले संयुक्त रूपमा प्रदर्शनी गर्न लागेका हुन्।

फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनसम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौं संस्करण ४ देखि ६ माघसम्म भृकुटीमण्डप काठमाडौंमा हुन लागेको हो।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्रान्डका सयभन्दा बढी स्टल रहनेछन्। फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनीका डिलर, सबडिलर र विक्रेताले काठ व्यवसायसँग सम्बन्धित उत्पादन प्रदर्शनीमा राख्ने आयोजकले जनाएको छ।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादन रहने बताइएको छ।

अवलोकनकर्ताले अत्याधुनिक प्रविधि, उन्नत मेसिनरी र नवीन अवलोकन गर्न पाउनेछन्। साथै, फर्निचर निर्माता, किचन मेकर, आरा मिलर, बोर्ड मेकर, फिटिङ र कम्पोनेन्ट निर्माता, व्यापारी, वास्तुविद्, भवन निर्माणकर्ता र इन्टेरियर डिजाइनर आदि सबै क्षेत्रका उन्नत मेसिनरी र नवीन उत्पादन राखिने आयोजकको भनाइ छ।

यस प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ, फनिर्चर र होम टेक्सटायल क्षेत्रको विकासमा टेवा पु¥याउने आयोजकको विश्वास छ।

पुष २३, २०८१ मंगलबार १२:००:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।