इम्बार्क कलेजमा ‘स्किल फेस्ट २०२५’ हुँदै
काठमाडौं : ग्लोकल प्रालि अन्तर्गतको संस्था ग्लोकल आफ्टर स्कूलको स्किल वीकको छैठौं संस्करण सुरू भएको छ।
पुस २२ देखि पुस २९ सम्म सञ्चालन हुने यो सप्ताहव्यापी कार्यक्रमले शैक्षिक क्षेत्र र उद्योगबीचको दूरी घटाउँदै विभिन्न कार्यशाला, प्रतियोगिता र नेटवर्किङका अवसरमार्फत युवाहरूको रोजगार क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।
पहिलेका संस्करणहरूको सफलतामा आधारित स्किल विक २०२५ विज्ञान र प्रविधि, कला र संस्कृति, पर्यटन र आतिथ्य सेवा, र उद्यमशीलता नामक चार प्रमुख क्षेत्रमा केन्द्रित छ। पुस २६ मा स्किल फेस्ट कार्यक्रम इम्बार्क कलेज, पुल्चोकमा आयोजना हुने भएको छ।
‘स्किल फेस्ट- सीपको महोत्सव’ कार्यक्रम युवाहरूका लागि सीप परीक्षण र अन्वेषण गर्ने अवधारणालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित भइरहेको छ। यो कार्यक्रम युवाहरूका लागि खुला प्लेटफर्म हो, जहाँ उनीहरूले विभिन्न सीप, तिनको महत्त्व, र बजार सम्भावनाका बारेमा जान्न र सिक्न सक्छन्।
स्किल फेस्टमा आकर्षक कार्यशाला, सीप प्रदर्शनी, प्रतियोगिता, रोचक खेलहरू, केस स्टडी प्रस्तुतिहरू, स्वादिष्ट खानाका परिकार, सङ्गीत, र सीपमा आधारित मनोरञ्जन कार्यक्रम, तथा रोजगारी मेला हुनेछ।
पुस २९ मा बहुप्रतिक्षित सीईओ अनप्लग्ड फोरम सन्चालन हुनेछ। यो फोरमले उद्यमी, व्यापारी, र विद्यार्थीहरूलाई वर्तमान व्यापार चुनौतीहरू र भविष्यका सम्भावनाहरूका बारेमा छलफल गर्न एकै स्थानमा ल्याउनेछ।
कार्यक्रमको समापन समारोहमा स्किल हिरो अवाड्र्स प्रदान गरिनेछ, जसले कला र संस्कृति, पर्यटन र आतिथ्य सेवा, विज्ञान र प्रविधि, र उद्यमशीलता क्षेत्रमा असाधारण योगदान दिएका व्यक्तिहरूलाई सम्मान गर्नेछ।
पुष २३, २०८१ मंगलबार ११:४६:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।