गृहका १२ सहसचिव र उपसचिवको सरुवा

गृहका १२ सहसचिव र उपसचिवको सरुवा

काठमाडौं : गृह मन्त्रालयले १२ सहसचिव तथा उपसचिवको सरुवा गरेको छ। सरुवामा काठमाडौं सहितका ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ।

सरुवा सूची अनुसार गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारी काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने त्यहाँ रहेका जयनारायण आचार्यको मन्त्रालयमा सरुवा भएको छ।

यस्तै मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, झापाका बन्धु बाँस्तोला र सुनसरीका रामचन्द्र तिवारीको पनि सरुवा भएको छ।

मन्त्रालयमा कार्यरत गोगनबहादुर हमाललाई कैलालीको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइँदा त्यहाँका धर्मेन्द्रकुमार मिश्रलाई सुनसरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

त्यस्तै मन्त्रालयमा कार्यरत तुलसीबहादुर श्रेष्ठलाई सर्लाही, मन्त्रालयमै कार्यरत इन्द्रदेव यादवलाई मोरङ, सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको झापा र दांगका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनलाई सल्यानको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

पुष २३, २०८१ मंगलबार ०९:३१:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।