७.१ म्याग्निच्यूडको भूकम्पपछि तीन परकम्प
काठमाडौं : विहान छ बजेर ५० मिनेटमा ७.१ म्याग्निच्यूडको भूकम्प थप तीन परकम्प गएका छन्।
विहान छ बजेर ५० मिनेटमा चीनको तिब्बत भएर भूकम्प गएपछि पुनः तीनपटक परकम्प गएको युएसजीएसले जनाएको छ।
विहान छ बजेर ५८ मिनेटमा ५.१ म्याग्निच्यूडको परकम्प गएको थियो। उक्त परकम्पको केन्द्रविन्दु नेपालको लाबुचेबाट ७२ किलोमिटर उत्तरपूर्व हो।
त्यसैगरी सात बजेर १७ मिनेटमा लाबुचेबाट १२५ किलोमिटर उत्तरपूर्व केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको परकम्प जाँदा सात बजेर २२ मिनेटमा पनि ४.९ म्याग्निच्यूडको परकम्प गएको हो।
पुष २३, २०८१ मंगलबार ०८:१७:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।