आज दिनभरी घाम नलाग्ने, देशैभर हल्का वर्षाको सम्भावना

आज दिनभरी घाम नलाग्ने, देशैभर हल्का वर्षाको सम्भावना

काठमाडौं : हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ। पश्चिम तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ।

आज गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा मधेश, लुम्बिनी तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत छ।

रहेकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ। 

पुष २३, २०८१ मंगलबार ०७:२१:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।