बागमतीविरुद्ध मधेशका मयनको अर्धशतक
काठमाडौं : जय ट्रफी दुई दिवसीय क्रिकेटमा मधेश प्रदेशका ब्याटर मयन यादवले अर्धशतक बनाएका छन्।
बागमती प्रदेशविरुद्ध दोस्रो इनिङ्स ब्याटिङ गरिरहेका मयनले ६८ बलमा नौ चौका र दुई छक्काको मद्दतमा ७१ रन बनाएर खेलिरहेका छन्।
जय ट्रफीमा अर्धशतक बनाउने उनी दोस्रो खेलाडी हुन्। यसअघि त्रिभुवन आर्मी क्लबका सोमपाल कामीले नेपाल पुलिस क्लबविरुद्ध अर्धशतक बनाएका थिए।
टस जितेर पहिला ब्याटिङ रोजेको मधेश प्रदेशले १०२ रन बनाउँदा अलआउट भएको थियो। त्यसपछि ब्याटिङमा आएको बागमतीले १५० रन बनाएको थियो।
४८ रनले पछि परेको अवस्थामा ब्याटिङ गर्न आएको मधेशले ताजा अवस्थामा पाँच विकेट गुमाएर एक सय ३४ रन बनाएर खेलिरहेको छ।
पुष २२, २०८१ सोमबार १४:०२:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।