सामसङले ल्यायो बिस्पोक एआई वासिङ मेसिन
काठमाडौं : सामसङले ठूलो क्षमताको २ नयाँ बिस्पोक एआई वासिङ मेसिन नेपाली बजारमा ल्याएको छ।
सामसङ नेपालले १२ केजीसम्मको क्षमता, एआई–वास, र ऊर्जा बचत गर्दै कपडा सुरक्षित राख्ने एआई इकोबबल जस्ता अत्याधुनिक सुविधाहरू रहेको आफ्नो नयाँ बिस्पोक वासिङ मेसिन नेपाली बजारमा उपलब्ध गराएको हो।
स्मार्टथिंगस् एपद्वारा स्मार्टफोनमार्फत टाढाबाटै नियन्त्रण गर्न सकिने सामसङको नयाँ वाशिङ मेसिनले लुगा धुने प्रक्रिया सजिलो बनाउने कम्पनीको अपेक्षा छ।
यसका साथै धुलाईको किसिमलाई बुझी एआई पर्सन्लाइजेस् सुविधाले उपयुक्त धुलाई साइकल पनि सुझाउँछ। यसमा भएको स्पेसम्याक्स टेक्नोलोजीले सानो साइजको यो मेसिनलाई तपाईँको घरमा सजिलै फिट हुने बनाउँछ र १२ केजीसम्मको लुगाको लोड सजिलै धुन सक्छ।
यो इनोभेटिभ डिजाइनले भित्री ड्रमलाई वृद्धि गरी गहिराइलाई ६००एमएममा राखेर कुनै पनि ठाउँमा सहजै रूपमा फिट हुने सुनिश्चित गर्दछ। यो नयाँ वासिङ मेसिनले स्लीक डिजाइन, सजिलो इन्टरफेस, र लुगाको सफाईलाई प्राथमिकता दिन्छ।
१२ केजी लाइन-अप दुई वटा फरक मोडलहरूमा उपलब्ध छ। यी दुवै मोडलहरूको मूल्य १ लाख १४ हजार ९९० र १ लाख २० हजार ९९० रहेको छ।
यस वासिङ मेसिनलाई सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनबिक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा देशभर भरी उपलब्ध गराइएको छ।
पुष २२, २०८१ सोमबार १३:४१:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।