राष्ट्रपति निर्वाचनमा कमला ह्यारिसले आज ट्रम्प विजयी भएको घोषणा गर्दै

राष्ट्रपति निर्वाचनमा कमला ह्यारिसले आज ट्रम्प विजयी भएको घोषणा गर्दै

एजेन्सी : अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचनको मतपरिणाम औपचारिक रुपमा आज घोषणा गरिँदैछ।

निर्वाचनमा ३१२ इलेक्टोरल भोट पाएर डोनाल्ड ट्रम्प विजयी हुँदा प्रतिद्वन्दी कमला ह्यारिस २२६ इलेक्टोरल भोट पाएकी थिइन्।

चुनाव जित्नका लागि उम्मेदवारलाई २७० इलेक्टोरल भोटको आवश्यक थियो।

ट्रम्पको जित नोभेम्बर ६ मा तय भए पनि यसको औपचारिक घोषणा जनवरी ६ मा हुनेछ।

यस दिन अमेरिकी संसदको संयुक्त सत्र क्यापिटल हिलमा इलेक्टोरल कलेजको मत गणना हुनेछ।

उपराष्ट्रपति सिनेटको अध्यक्ष हुने भएकाले यो प्रक्रियाको अध्यक्षता कमला ह्यारिसले गर्नेछिन्। उनले नै ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गर्नेछिन्।

पुष २२, २०८१ सोमबार १२:२७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।