केही शवसहित ३४ बन्धक रिहा गर्न हमास तयार

केही शवसहित ३४ बन्धक रिहा गर्न हमास तयार

एजेन्सी : गाजा युद्धविराम सम्झौता अन्तर्गत पहिलो चरणमा हमास ३४ बन्धकहरूलाई रिहा गर्न सहमत भएको छ।

हमासका एक वरिष्ठ अधिकारीले ३४ बन्धकहरूको सूची सार्वजनिक गरेका छन्। यीमध्ये कति बन्धक जीवित छन् भन्नेबारे अझै स्पष्ट भइसकेको छैन।

सूचीमा रहेका नामहरूमा १० जना महिला र ५० देखि ८५ वर्षका ११ जना र केही पुरुषहरू छन्। छाडिएका पुरुषहरूमध्ये केही इजरायली हवाई आक्रमणान मारिएको हमासका ती नेताले बताए।

हमासले सूचीमा रहेका धेरै बन्धकहरू बिरामी रहेको बताएको छ। यद्यपि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले हमासले बन्धकहरूको सूची अझै उपलब्ध नगराएको बताएका छन्।

यसअघि इजरायलले कतारमा युद्धविराम र बन्धक रिहाइ सम्झौतामा पुनः वार्ता सुरू भएको बताएको थियो। इजरायलले गाजा पट्टीमा आक्रमण बढाएको बेला फेरि युद्धविरामको विषयमा वार्ता सुरू गर्ने घोषणा गरिएको हो।

आइतबार गाजामा कार्यरत स्वास्थ्य एजेन्सीले विगत २४ घण्टामा भएको आक्रमणमा ८८ जनाको ज्यान गएको बताएको छ।

पुष २२, २०८१ सोमबार ०९:२५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।