लिभरपुल र म्यान्चेस्टर युनाइटेडले बराबरी खेले
काठमाडौं : इङ्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन्।
सन् १९७९ पछि पहिलो पटक लिगमा लगातार चार हारबाट जोगिन प्रयासरत युनाइटेडले ५२ मिनेटपछि एलिसनलाई पछि पार्दै लिसान्ड्रो मार्टिनेजको पासमा गोल गर्दै अग्रता लिए।
त्यसको सात मिनेटपछि कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए।
खेल सकिन २० मिनेट बाँकी छँदा मोहम्मद सलाहले थियरी हेनरीको १७५ गोलको बराबरी गरेका थिए। उनले पेनाल्टी गोलमार्फत अग्रता बनाए।
त्यसको १० मिनेटमा युनाइटेडका लागि अमाद डायलोले उत्कृष्ट गोल गोल गर्दै खेल बराबरी गरे।
बराबरीपछि लिभरपुल १९ खेलबाट ४६ अंकका साथ शीर्ष स्थानमा कायमै छ। २० खेलमा २३ अंक बनाएको युनाइटेड रेलिगेशनबाट जोगिन संघर्षरत छ।
गएराति नै भएको अर्को खेलमा फुलहम र इप्सविच टाउनले रोमाञ्चक प्रतिस्पर्धापछि २-२ को बराबरी खेल्दै अंक बाँडेका छन्।
पुष २२, २०८१ सोमबार ०७:५२:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।