स्वर्णलक्ष्मी सहकारीको एक अर्ब १८ करोड रकम अपचलनको दाबीसहित मुद्दा दर्ता, रविको नाममा पाँच करोड बिगोको दाबी
काठमाडौँ : स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अभियोगमा फरार रहेका जीवी राई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध अभियोग पत्र दर्ता भएको छ। आइतबार जिल्ला अदालत काठमाडौँमा दर्ता भएको अभियोग पत्रमा सो सहकारीको एक अर्ब १९ करोड बचत ठगी भएको दाबी गरिएको छ।
रवि लामिछाने र जीवी राई सम्बन्धी तीन वटा भौचर र फाइल फेला पारेको भन्दै यी दुबै विरुद्ध पाँच करोड आठ लाख बिगो कायम गर्न माग गरिएको छ। अभियोग पत्रमा जीवीसहितको समूहले बदनियतपूर्वक गोर्खा मिडिया प्रालि लगायतका विभिन्न कम्पनीहरू खडा गरेर योजनाबद्ध रूपमा सहकारीको रकम अपचलन गरेको दाबी गरिएको छ।
रविविरुद्ध जिल्ला अदालत कास्कीमा सुर्यदर्शन सहकारीको रकम अपचलनको मुद्दामा थुनछेक बहस चलिरहेको छ।
पुष २१, २०८१ आइतबार १८:३१:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।