सेयर बजार बढ्यो तर झिनो, कारोबार रकम पाँच अर्ब नजिक

सेयर बजार बढ्यो तर झिनो, कारोबार रकम पाँच अर्ब नजिक

काठमाडौँ : साताको पहिलो दिन आइतबारको सेयर बजारमा एकल अंकमा बढेर बन्द भयो। आइतबार सेयर बजारको परिसूचक नेप्से ५.३२ अंक (०.२० प्रतिशत) ले बढ्दा २५९१.५६ बिन्दुमा पुग्यो।

आइतबारको बजारमा २ सय ४३ सूचिकृत कम्पनीको सेयर कारोबार हुँदा १ सय ४१ कम्पनीको सेयर मूल्य बढ्यो। ९४ कम्पनीको सेयर मूल्य घट्यो। ८ कम्पनीको मूल्य स्थिर रह्यो।

आइतबार कारोबार रकममा सुधार हुँदै ४ अर्ब ८६ करोड पुग्यो। आइतबार नेप्सेमा ६१ हजार १ सय ६७ कारोबारमा ९३ लाख ८६ हजार ७ सय २१ कित्ता सेयर कारोबार भएको थियो।

आइतबारको बजारमा व्यापार र हाइड्रोपावर उपसूचकमा उल्लेख्य बढेको थियो। तर बैङ्किङ लघुवित्त लगायत उपसूचक भने घट्दा बजार उत्साहजनक रूपमा बढ्न सकेन।

हाइड्रोपावर उपसूचक सर्वाधिक १.६७ प्रतिशतले र व्यापार उपसूचक १.१४ प्रतिशतले बढेको छ। यसैगरि होटेल तथा पर्यटन उपसूचक ०.६० प्रतिशतले मात्र बढ्यो।

बैङ्किङ उपसूचकमा ०.५५ प्रतिशतले घट्यो। वित्त कम्पनी उपसूचक १.०४ प्रतिशत र उत्पादनमूलक उपसूचक ०.६० प्रतिशतले घट्यो।

जानकीको सर्वाधिक कारोबार

आइतबार कारोबार भएकामध्ये जानकी फाइनान्सको सर्वाधिक १९ करोड ९ लाख रुपैयाँको कारोबार भयो। रिभर फल्स पावरको १७ करोड ३६ लाखको कारोबार भयो।

रसुवागढी हाइड्रोपावरको १२ करोड ९१ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको १२ करोड ७९ लाख र नेपाल फाइनान्सको ११ करोड ५० लाख रुपैयाँको कारोबार भयो।

उपकार लघुवित्त, दोर्दीखोला जलविद्युत् कम्पनी र ग्रिन भेन्चर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा कारोबार भयो। दोल्ती पावर कम्पनीको सेयर मूल्य ९.४४ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकको ९.२४ प्रतिशतले बढ्यो।

नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.८८ प्रतिशतले घट्यो। आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ६.८५ प्रतिशत र जानकी फाइनान्सको सेयर मूल्य ६.३९ प्रतिशतले घटेर बजार बन्द भयो।

पुष २१, २०८१ आइतबार १६:३०:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।