इटहरीमा यामाहाको क्षेत्रीय रिजनल सेल्स स्किल्स प्रतियोगिता सम्पन्न, विजेतालाई ट्रफी र प्रमाण पत्र वितरण

इटहरीमा यामाहाको क्षेत्रीय रिजनल सेल्स स्किल्स प्रतियोगिता सम्पन्न, विजेतालाई ट्रफी र प्रमाण पत्र वितरण

काठमाडौं : यामाहा नेपालले इटहरीमा रिजनल सेल्स स्किल्स कन्टेस्ट सफलतापूर्वक आयोजना गरेको छ। बिक्री विशेषज्ञता र उत्पादन ज्ञानमा उत्कृष्टताको उत्सव मनाउनेक्रममा इटहरीमा उक्त आयोजना गरेको हो।

प्रतिस्पर्धामा यामाहाका विभिन्न डिलरशिपहरूबाट ११ जना शीर्ष प्रदर्शन गर्ने बिक्री परामर्शदाताहरूको सहभागिता थियो। प्रतियोगिताको लागि योग्य हुन सहभागीहरूले अटो बेसिक, प्रोडक्ट, कम्पिटिसन र सलेस प्रोसेस प्रशिक्षण र त्यसपछि यी क्षेत्रहरूमा उनीहरूको दक्षता मूल्याङ्कन गर्ने प्रतिस्पर्धात्मक परीक्षण पूरा गरेका थिए। 

सबैभन्दा कुशल प्रतिनिधिहरूले मात्र भाग लिने सुनिश्चितताका लागि प्रत्येक डिलरशिपबाट उच्चतम स्कोर गर्ने बिक्री सल्लाहकारले मात्र यस प्रतिष्ठित प्रतियोगितामा स्थान पाएका थिए।

शीर्ष तीन प्रदर्शन गर्ने प्रतिस्पर्धाहरूको घोषणासँगै प्रतियोगिता समापन गरिएको थियो। विराटचोकस्थित बि ७ बि अटो ट्रेडर्सका चूडामणि आचार्य विजेता बने भने फत्तेपुरस्थि जेनिशा अटोमोबाइल ट्रेडर्सकी कृतिका घिमिरे पहिलो रनर-अप बनिन्। यस्तै, इलामको पाथीभरा अटो प्यालेसकी मिरा सापकोटा दोस्रो रनर-अप बनिन्।

प्रतियोगितामा मेची कोशीका यामाहा डिलरसिपको सहभागिता रहेको थियो। सबै प्रतियोगीहरूले आफ्नो ज्ञान र सीप प्रदर्शन गर्दै शीर्ष उपाधिको लागि प्रयास गरेका थिए। सहभागीहरूमध्ये विजेता, पहिलो रनर-अप, दोस्रो रनर-अपहरूले अब नेशनल सेल्स स्किल्स कन्टेस्टमा प्रतिस्पर्धा गर्न पाउनेछन्।

यामाहा नेपालका क्षेत्रीय बिक्री प्रबन्धक रबिन श्रेष्ठले विजेता, पहिलो रनर-अपर दोस्रो रनर-अपलाई ट्रफी र प्रमाणपत्र प्रदान गरे। 

सहभागीहरूका कडा परिश्रमको प्रशंसा गर्दै उनले उत्कृष्ट हुन आवश्यक पर्ने सीप र ज्ञानले सशक्त बनाउने बताए। 

पुष २१, २०८१ आइतबार ११:४२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।