हेटौंडाका बाघको बढ्दो आतंक

हेटौंडाका बाघको बढ्दो आतंक

हेटौंडा : दुईवटा राष्ट्रिय निकुञ्जसँग जोडिएको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ र १३ को सिमाना क्षेत्रमा बाघ देखा परेको छ। शनिबार राति स्थानीयले गाउँ वरपरको क्षेत्रमा बाघ देखा परेको बताएका छन्।

नेपाली कांग्रेसका नेतासमेत रहेका हेटौंडा १२ का स्थानीय कुमार पोखरेलले हेटौंडा १२ र १३ को सिमाना बीच रोडमा बाघ देखिएको र त्यो बाघ १२ नम्बरको रमनटारमा पनि देखिएको सामाजिक संजालमार्फत जानकारी दिए। 

पछिल्लो एक हप्तादेखि दक्षिण–पश्चिममकवानपुरका मानिसहरू बाघको आतंकबाट त्रसित भएका छन्। 

स्थानीयले बाघ देखिएको खबर गरेपछि बाघ नियन्त्रणको लागि निकुञ्जसँग समन्वय गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

पुष २१, २०८१ आइतबार ०९:२६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।