माइक जोन्सन पुन: अमेरिकी सभामुख नियुक्त, १०० वर्षमा सबैभन्दा कम बहुमतले निर्वाचित

माइक जोन्सन पुन: अमेरिकी सभामुख नियुक्त, १०० वर्षमा सबैभन्दा कम बहुमतले निर्वाचित

एजेन्सी : रिपब्लिकन सांसद माइक जोन्सन अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको सभामुखमा पुनः निर्वाचित भएका छन्।

जोन्सनलाई नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन पनि थियो। तर, ट्रम्पको समर्थनका बाबजुद पनि उनले जितका लागि कडा मेहनत गर्नुपरेको थियो।

लुइसियानाका सांसद माइक जोन्सन पनि २०२३ मा सोही सदनको सभामुख निर्वाचित भएका थिए।

सीएनएनका अनुसार यो विगत १०० वर्षमा कुनै पनि वक्ताले पाएको सबैभन्दा कम बहुमत हो। विजयपछि डोनाल्ड ट्रम्पले जोनसनलाई बधाई दिएका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार जोनसनलाई पुन: स्पिकर बन्न दुई सय १८ मत चाहिएको थियो। तर, सुरुमा उनको रिपब्लिकन पार्टीका तीन सांसदले उनलाई समर्थन गर्न अस्वीकार गरेका थिए।

जोनसनले बहुमत ल्याउन ४५ मिनेट लबिङ गरेपछि मात्रै उनले दुई रिपब्लिकन सांसदको समर्थन पाएका थिए, जसकारण उनी बहुमत हासिल गर्न सफल भए।

जोनसनको जितपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत बधाई दिएका थिए।

पुष २०, २०८१ शनिबार १४:०९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।