चिनियाँ चलचित्र महोत्सव पुस २५ मा
काठमाडौं : नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले यही पुस २५ गते चिनियाँ चलचित्र महोत्सव आयोजना हुने भएको छ।
चाइना फिल्म एडमिनिस्ट्रेशन, यहाँस्थित चिनियाँ राजदूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले संयुक्त रूपमा आयोजन गर्ने महोत्वसवमा दर्शकले अधिक मन पराएका तीन वटा चलचित्र प्रदर्शन हुनेछन्।
चलचित्र प्रदर्शनपछि ती चलचित्रका निर्माता, निर्देशक र कलाकारहरूले दर्शकसँगै छलफल गर्न सक्नेछन्।
महोत्सवमा नेपाली चलचित्रका चर्चित कलाकार, निर्देशक, प्राविधिक र विशिष्ट व्यक्तित्वको उपस्थिति रहने नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले जनाएको छ।
पुष २०, २०८१ शनिबार १३:२०:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।