सिड्नी टेस्ट : दोस्रो दिनको खेल सकिँदा भारतले गुमायो छ विकेट, ऋषभ पन्त टी-२० मुडमा

सिड्नी टेस्ट : दोस्रो दिनको खेल सकिँदा भारतले गुमायो छ विकेट, ऋषभ पन्त टी-२० मुडमा

एजेन्सी : अष्ट्रेलिया र भारतबीच सिड्नीमा जारी पाँचौं टेस्ट म्याचमा दोस्रो दिनको खेल सकिँदा भारतले दोस्रो इनिङ्समा छ विकेट गुमाएर एक सय ४१ रन बनाएको छ।

पहिलो इनिङ्समा १८५ रन बनाएको भारतले अष्ट्रेलियालाई १८१ रनमा आउट गरेपछि दोस्रो इनिङ्सको ब्याटिङ थालेको थियो। दोस्रो दिनको खेल सकिँदा भारतले एक सय ४५ रनको अग्रता बनाएको छ।

भारतका लागि सुरुवात राम्रो नभए पनि पाचौं नम्बरमा ब्याटिङ गर्न आएका ऋषभ पन्तले टी-२० पारी खेलेर गए। ३३ बल सामना गरेका उनले छ चाैका र चार छक्काको मद्दतमा ६१ रनको अर्धशतकीय पारी खेले।

त्यसबाहेक यशस्वी जयशवाल २२, विराट कोहली ६, नितिशकुमार रेड्डी ४, केएल राहुल र शुभमन गिल समान १३-१३ रनमा आउट भए। रविन्द्र जडेजा ८ र वासिङ्टन सुन्दर ६ रन बनाएर क्रिजमा रहँदा दोस्रो दिनको खेल सकिएको हो।

अष्ट्रेलियाका लागि स्कट बोल्यान्डले चार तथा प्याट कमिन्स र बियो वेबस्टरले समान एक-एक विकेट लिए।

पुष २०, २०८१ शनिबार १२:५९:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।