राष्ट्रपति सपथ लिनु १० दिनअघि हस मनी मुद्दामा ट्रम्पलाई सजाय सुनाइने
एजेन्सी : डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा सपथ लिनुभन्दा दुई साताअघि हस मनी मुद्दामा सजाय सुनाइने भएको छ।
न्यूयोर्कका एक न्यायाधीशले जनवरी १० मा यस मुद्दामा सजाय सुनाउने पक्का भएको हो।
न्युयोर्कका न्यायाधीश जुआन मार्चनले उनलाई जेलको सट्टा प्रोबेशन, जरिवाना वा सशर्त रिहाइ दिने संकेत गरेका छन्।
नवनिर्वाचित राष्ट्रपतिले सजायको समयमा व्यक्तिगत रूपमा वा भिडियो कन्फरेन्स मार्फत अदालतमा उपस्थित हुन सक्नेछन्।
ट्रम्पले आफूविरुद्धको मुद्दा खारेज गर्न आफ्नो चुनावी जितको प्रयोग गर्ने प्रयास समेत गरेका थिए।
सजाय सुनाउने सन्दर्भमा ट्रम्पको टोलीले न्यायाधीशको निर्णयको आलोचना गर्दै तत्काल मुद्दा खारेज गर्ने जिकिर गरे।
गत वर्षको मेमा, ट्रम्पलाई पोर्नस्टार स्टार स्टर्मी डेनियललाई चुप बस्नका लागि १३ लाख डलर तिरेको अभियोग लगाइएको थियो।
यो रकम ट्रम्पका पूर्व वकिल माइकल कोहेनलाई दिइएको थियो, जसले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा मौन बस्नका लागि यो रकम पोर्नस्टारलाई दिएका थिए।
ट्रम्पले जनवरी २० मा राष्ट्रपति पदको सपथ ग्रहण गर्दैछन्।
पुष २०, २०८१ शनिबार ०८:३६:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।