एमालेलाई बैरीहरूले आक्रमण गरिरहेको शंकर पोखरेलको दुखेसो
काठमाडौं : एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा अनुशासन आवश्यक रहेको बताएका छन्।
राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालको ३७औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै उनले अनुशासित पार्टीले मात्र मुलुकको लक्ष्य प्राप्ति गर्ने बताए।
महासचिव पोखरेलले पार्टीमा बैरीहरूले आक्रमण गरिरहेको बेला पार्टीमा एकता आवश्यकता रहेको बताए। उनले यस्तो बेलामा पार्टी निर्णय विरुद्ध जान उचित नहुने बताए।
महासचिव पोखरेलले कृषिलाई बदल्न नसकेकाले युवा जोडिन नमानेको र पुरानै पुस्ताले धानेको कृषिबाट मुलुकको आर्थिक विकास र समृद्धि पूरा नहुने बताए।
'देश बनाउने कुरा गफ गरेर हुँदैन। त्यसको जगमा प्रवेश गर्न सक्नुपर्छ, उनले भने।
पुष १९, २०८१ शुक्रबार १९:१५:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।