विद्यादेवीलाई विश्वप्रकाशको सुझाव : राजनीतिमा आउने सुविधा पनि छ तर, देशलाई सामाजिक अभिभावक चाहिएको छ'

विद्यादेवीलाई विश्वप्रकाशको सुझाव : राजनीतिमा आउने सुविधा पनि छ तर, देशलाई सामाजिक अभिभावक चाहिएको छ'

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सामाजिक अभिभावक भएर रहन सुझाव दिएका छन्। 

शुक्रबार राजधानीमा भएकाे एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा लिखित ‘आमा, सपना र ताराहरू’ लोकार्पण कार्यक्रममा उनले घुमाउरो तरिकाबाट राजनीतिमा नफर्कन भन्दै सामाजिक रूपान्तरणको नायक बन्न सुझाव दिए।

उनले भने, ‘फेरि राजनीतिमा आउन चाहनुभएको हो कि साथीहरूले इच्छा राख्नुभएको हो कि भन्ने पनि चर्चा छ। यहाँको सफलताको म सम्मान गर्छु यदि कसैले मलाई तिम्रो देशको शीतल निवासबाट निस्किएको पूर्वराष्ट्रपतिले के गर्नुपर्छ भनेर सोध्नुभयो भने मैले सामाजिक अभिभावक यो देशलाई चाहिएको छ।’

राजनीतिमा आएर कुनै एक दलको नेता मात्र बन्ने अवसर पनि रहेको भन्दै उनले थपे, ‘राजनीतिमा आएर कसैको मात्रै बन्ने पनि सुविधा छ। राजनीतिभन्दा पर सामाजिक परिवर्तनको नायक बनेर सबैको बन्ने अवसर पनि छ।’

एमालेको सक्रिय राजनीतिमा फर्किने चर्चाका बीच पूर्वराष्ट्रपति भण्डारीले पार्टीको सदस्यता नवीकरण गरेकोदेखि सरकार आफ्नो भाग माग्न थालेकोसम्म चर्चा हुन थालेको छ।  

पुष १९, २०८१ शुक्रबार १६:१६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।