ग्लोबल आइएमई बैङ्कको फोनपे क्यूआरमा आबद्ध मर्चेन्टलाई विशेष उपहार योजना
काठमाडौं : ग्लोबल आइएमई बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा फोनपे नेटवर्कमा आबद्ध भएका क्यूआर कोड मर्चेन्टहरूलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने उपहार योजनाहरु सार्वजनिक गरेको छ।
बैंकले आफ्नो स्थापनाको १८औँ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको छ। सोही अवसरमा यो योजना पुस १८ गते बिहीबारदेखि माघ १८ शुक्रबारसम्म सञ्चालनमा ल्याएको छ।
यस उपहार योजनाअन्तर्गत आबद्ध भएका तर हालसम्म कारोबार नगरेका मर्चेन्टहरूले यस योजना अवधिमा एक सय ८० वा सो भन्दा बढी रुपैयाँको भुक्तानी फोनपे क्यूआर कोडमार्फत प्राप्त गर्दा भाग्यशाली १८ मर्चेन्टले दैनिक एक सय ८० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन्।
योजना अवधिभर क्यूआर कोडमार्फत भुक्तानी लिने मर्चेन्टमध्ये प्रत्येक हप्ता १ जना भाग्यशाली मर्चेन्टले स्मार्टफोन उपहार प्राप्त गर्नेछन्। योजना अवधिभरमा ४ जना मर्चेन्टहरुले स्मार्टफोन जित्नेछन्।
साथै, बम्पर उपहारमा १ जना भाग्यशाली मर्चेन्टले ३ महिना समयावधी भएको १ लाख रकमको मुद्दती खाता योजना जित्नेछन्।
पुष १९, २०८१ शुक्रबार १३:२४:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।