दक्षिण कोरियामा हंगामा, राष्ट्रपतिलाई पक्राउ गर्न निवासमै पुग्यो प्रहरी
एजेन्सी : दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योललाई उनको निवासमा पक्राउ गर्न पुगेको प्रहरी टोली त्यहाँसम्म पुग्न संघर्ष गर्नुपरेको छ।
गिरफ्तारीको विरोधमा राष्ट्रपतिका समर्थकहरू ठूलो संख्यामा भेला भएकाले प्रहरीलाई राष्ट्रपति युन निवासमा पुग्न सकस भएको हो।
वास्तवमा, युनले ३ डिसेम्बरको रातमा अचानक मार्शल लको घोषणा गरेका थिए। यसको विरोधमा देशैभर चर्को विरोध भएको थियो।
राष्ट्रपतिलाई महाभियोग लगाइएको थियो र त्यसपछि यस हप्ताको सुरुमा उनको विरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो।
युनलाई राष्ट्रपतिको शक्तिको दुरुपयोग र विद्रोह गर्न उक्साएको घटनाको अनुसन्धान गरिरहेका अधिकारीहरूसामु उपस्थित हुन बोलाइएको थियो। तर, उनले जवाफ दिन मानेनन्।
अहिले उनलाई पक्राउ गर्न करिब २० प्रहरी अधिकारीको टोली युन सुक-योलको घर पुगेको छ।
राष्ट्रपतिका वकिलले पक्राउ पुर्जीलाई अवैध भन्दै कानूनी लडाइँ लड्ने बताएका छन्।
डिसेम्बर १४ मा सांसदहरूले उनको महाभियोगको पक्षमा मतदान गरेपछि युनलाई आफ्नो जिम्मेवारीबाट निलम्बन गरिएको थियो।
तर, उनलाई देशको संवैधानिक अदालतको फैसलापछि मात्र पदबाट हटाउन सकिनेछ।
पुष १९, २०८१ शुक्रबार १२:१३:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।