मुगु केन्द्रविन्दु भएर भूकम्प
काठमाडौं : मुगु केन्द्रविन्दु भएर भूकम्प गएको छ।
विहान ८ बजेर ३ मिनेट जाँदा ४.४ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
यसअघि बिहीबार दिउँसो १ बजे पनि सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.८ रिक्टर स्केलको कम्पन भएको थियो।
त्यसअघि पुस १६ गते पनि बैतडी केन्द्रविन्दु भएर ४.६ रिक्टर स्केलको कम्पन भएको थियो।
पुष १९, २०८१ शुक्रबार १०:१६:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।