बोर्डर-गावस्कर ट्रफीको अन्तिम खेलबाट नियमित कप्तान रोहित शर्मा नै आउट, नयाँ कप्तान बुमराह
एजेन्सी : अष्ट्रेलियाको सिड्नीमा आज बोर्डर-गावस्कर ट्रफीको अन्तिम टेस्ट खेल हुँदैछ।
जसमा रोहित शर्माको स्थानमा जसप्रित बुमराहले टिम इन्डियाको कप्तानी गरिरहेका छन्।
उनले भारतले टस जितेर ब्याटिङ गरेपछि कप्तान परिवर्तनबारेको कुरा पनि गरे।
जसप्रित बुमराहले रोहित शर्माले टोलीको राम्रो नेतृत्व गरेको भए पनि यो खेलमा आराम गर्ने निर्णय गरेको बताए।
बुमराहले भने, ‘हामीले दुई परिवर्तन गरेका छौँ। रोहित शर्मालाई आराम दिइएको छ र आकाश दीप चोटका कारण बाहिर छन्। प्रसिद्ध कृष्ण टोलीमा छन्।’
जारी सिरिजमा टोलीले राम्रो क्रिकेट खेलेको र मेलबर्नमा भएको अन्तिम खेल रोमाञ्चक भएको बताए।
जसप्रित बुमराहले भने, ‘पिचमा केही घाँस छ तर यो धेरै चुनौतीपूर्ण देखिँदैन। हारबाट पाठ सिक्नु र जितको उत्सव मनाउनु महत्त्वपूर्ण छ।’
पाँचौं टेस्टको पहिलो दिन लन्चसम्म भारतले तीन विकेट गुमाएर ५७ रन बनाएको छ।
पुष १९, २०८१ शुक्रबार ०८:३३:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।