माओवादीको स्थायी समिति बैठकमै जान थाले पूर्वउपराष्ट्रपति पुन
काठमाडौं : माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा सहभागी हुन पूर्वउपराष्ट्रपति पुन पेरिसडाँडा पुगेका छन्।
यसअघि पनि पदाधिकारी बैठकमा सहभागी हुँदै आएका पुन आज स्थायी कमिटीको बैठकमा सहभागी भएका हुन्।
पुनलाई उपाध्यक्ष बनाएर माओवादीमा सक्रिय गराउने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तयारी छ। आइतबारबाट बस्ने केन्द्रीय कमिटीको बैठकले पुनलाई जिम्मेवारी दिने तयारी छ।
पासाङ २०७२ देखि २०७९ सम्म नेपालका दोस्रा उपराष्ट्रपति रहेका थिए।
आज बसेको स्थायी समिति बैठकले आगामी केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए। बैठक शनिबारसम्म चल्नेछ।
बैठकमा पार्टीको पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, आगामी कार्ययोजना, प्रतिपक्षमा रहेको पार्टीको भूमिकालगायतको विषयमा छलफल हुनेछ।
पुष १८, २०८१ बिहीबार १५:१६:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।