निमोनियाले पल्मोनरी ह्यामरेज भएका सचिन ५ दिनदेखि आईसीयूमा उपचाररत थिए
काठमाडौं : बालगायक सचिन परियारको बिहीबार बिहान निधन भएको छ। सिभियर निमोनियाले पल्मोनरी ह्यामरेज भएका कारण उनको निधन भएको त्रिवि शिक्षण अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालका अनुसार उनी करिब ४ देखि ५ दिन अस्पतालको आईसीयूमा भर्ना भई उपचाररत थिए।
केहि दिन यता सचिनको स्वास्थ्यमा समस्या आएपछि उनका बुवा तेजेन्द्र परियारले सामाजिक सञ्जालमार्फत आर्थिक सहयोगको माग गर्दै आएका थिए।
गायक सचिनले अभिनेता राजेश हमालदेखि पछिल्लो समयका कलाकारहरूसँग अभिनयसमेत गरेका छन्।
उनी आफैंले गाएको गीत ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’चर्चामा रहेका छन्।
भाइरल बालगायकका रूपमा परिचित सचिनले गाएका गीतहरू सामाजिक सञ्जालमा छाएका थिए। टिकटकमा उनको डाइलग ‘के छ हजुर’ एकदमै चर्चित बनेको थियो।
पुष १८, २०८१ बिहीबार १४:५५:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।